अल-कसस · 84/88
अनुवाद उच्चारण — अल-कसस
مَن جَاءَ بِالْحَسَنَةِ فَلَهُ خَيْرٌ مِّنْهَا ۖ وَمَن جَاءَ بِالسَّيِّئَةِ فَلَا يُجْزَى الَّذِينَ عَمِلُوا السَّيِّئَاتِ إِلَّا مَا كَانُوا يَعْمَلُونَ ۝٨٤
Man jaaa`a bilhasanati falahoo khairum minhaa wa man jaaa`a bissaiyi`ati falaa yujzal lazeena `amilus saiyiaati illaa maa kaanoo ya`maloon
📖 नेपाली अर्थ
जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।

🎧 सुन्नुहोस्


📜 आयत 82-86 — अल-कसस

82وَأَصْبَحَ الَّذِينَ تَمَنَّوْا مَكَانَهُ بِالْأَمْسِ يَقُولُونَ وَيْكَأَنَّ اللَّهَ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ مِنْ عِبَادِهِ وَيَقْدِرُ ۖ لَوْلَا أَن مَّنَّ اللَّهُ عَلَيْنَا لَخَسَفَ بِنَا ۖ وَيْكَأَنَّهُ لَا يُفْلِحُ الْكَافِرُونَ
र जुन मानिसहरूले, हिजो उसको स्थान पाउने कामना गरिराखेका थिए, आज भन्न थाले कि के तिमीलाई थाहा छैन, कि अल्लाहले नै आफ्नो भक्तहरूमध्ये जसलाई जीविका प्रशस्त दिन चाहन्छ दिन्छ र जसलाई चाहन्छ सीमित गरिदिन्छ । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए त हामीलाई पनि धँसाइदिने थियो । के तिमीलाई थाहा छैन, कि कृतध्नहरू कहिल्यै सफल हुँदैनन् ।
83تِلْكَ الدَّارُ الْآخِرَةُ نَجْعَلُهَا لِلَّذِينَ لَا يُرِيدُونَ عُلُوًّا فِي الْأَرْضِ وَلَا فَسَادًا ۚ وَالْعَاقِبَةُ لِلْمُتَّقِينَ
त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ ।
84مَن جَاءَ بِالْحَسَنَةِ فَلَهُ خَيْرٌ مِّنْهَا ۖ وَمَن جَاءَ بِالسَّيِّئَةِ فَلَا يُجْزَى الَّذِينَ عَمِلُوا السَّيِّئَاتِ إِلَّا مَا كَانُوا يَعْمَلُونَ
जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।
85إِنَّ الَّذِي فَرَضَ عَلَيْكَ الْقُرْآنَ لَرَادُّكَ إِلَىٰ مَعَادٍ ۚ قُل رَّبِّي أَعْلَمُ مَن جَاءَ بِالْهُدَىٰ وَمَنْ هُوَ فِي ضَلَالٍ مُّبِينٍ
(हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ ।
86وَمَا كُنتَ تَرْجُو أَن يُلْقَىٰ إِلَيْكَ الْكِتَابُ إِلَّا رَحْمَةً مِّن رَّبِّكَ ۖ فَلَا تَكُونَنَّ ظَهِيرًا لِّلْكَافِرِينَ
तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु ।
अल-कससकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
84आयत

अनुवाद — अल-कसस 84

सूरा अल-कसस आयत 84 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ…

सूरा आयत 84/88 — अल-कसस القصص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कसस सुन्नुहोस्, अल-कसस अनुवाद, अल-कसस mp3, अल-कसस pdf. आयत 82–86. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers