अल-कसस · 9/88
अनुवाद उच्चारण — सूरा अल-कसस
وَقَالَتِ امْرَأَتُ فِرْعَوْنَ قُرَّتُ عَيْنٍ لِّي وَلَكَ ۖ لَا تَقْتُلُوهُ عَسَىٰ أَن يَنفَعَنَا أَوْ نَتَّخِذَهُ وَلَدًا وَهُمْ لَا يَشْعُرُونَ ۝٩
Wa qaalatim ra atu Fir`awna qurratu `aynil lee wa lak; laa taqtuloohu `asaaa aiyanfa`anaa aw nattakhizahoo waladanw wa hum laa yash`uroon
📖 नेपाली अर्थ
र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — सूरा अल-कसस

7وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ ۖ فَإِذَا خِفْتِ عَلَيْهِ فَأَلْقِيهِ فِي الْيَمِّ وَلَا تَخَافِي وَلَا تَحْزَنِي ۖ إِنَّا رَادُّوهُ إِلَيْكِ وَجَاعِلُوهُ مِنَ الْمُرْسَلِينَ
हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।
8فَالْتَقَطَهُ آلُ فِرْعَوْنَ لِيَكُونَ لَهُمْ عَدُوًّا وَحَزَنًا ۗ إِنَّ فِرْعَوْنَ وَهَامَانَ وَجُنُودَهُمَا كَانُوا خَاطِئِينَ
अन्ततः फिरऔनका मानिसहरूले त्यस बच्चालाई उठाइहाले, र परिणाम स्वरूप त्यो उनीहरूको शत्रु र उनीहरूको निम्ति दुःखको कारण बन्यो । निश्चय फिरऔन र हामान र उनीहरूका सेना गम्भीर अपराधी नै थिए ।
9وَقَالَتِ امْرَأَتُ فِرْعَوْنَ قُرَّتُ عَيْنٍ لِّي وَلَكَ ۖ لَا تَقْتُلُوهُ عَسَىٰ أَن يَنفَعَنَا أَوْ نَتَّخِذَهُ وَلَدًا وَهُمْ لَا يَشْعُرُونَ
र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।
10وَأَصْبَحَ فُؤَادُ أُمِّ مُوسَىٰ فَارِغًا ۖ إِن كَادَتْ لَتُبْدِي بِهِ لَوْلَا أَن رَّبَطْنَا عَلَىٰ قَلْبِهَا لِتَكُونَ مِنَ الْمُؤْمِنِينَ
र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।
11وَقَالَتْ لِأُخْتِهِ قُصِّيهِ ۖ فَبَصُرَتْ بِهِ عَن جُنُبٍ وَهُمْ لَا يَشْعُرُونَ
मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।
अल-कससकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-कसस 9

सूरा अल-कसस आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको…

सूरा आयत 9/88 — सूरा अल-कसस القصص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कसस सुन्नुहोस्, सूरा अल-कसस अनुवाद, सूरा अल-कसस mp3, सूरा अल-कसस pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers