अर-रूम · 45/60
अनुवाद उच्चारण — अर-रूम
لِيَجْزِيَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ مِن فَضْلِهِ ۚ إِنَّهُ لَا يُحِبُّ الْكَافِرِينَ ۝٤٥
Li yajziyal lazeena aamanoo wa `amilus saalihaati min fadlih; innahoo laa yuhibbul kaafireen
📖 नेपाली अर्थ
ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले आफ्नो दयालुताले पुरस्कार देओस् । निःसन्देह त्यसले काफिरहरूलाई प्रेम गर्दैन ।
🎧 सुन्नुहोस्

📜 आयत 43-47 — अर-रूम

43فَأَقِمْ وَجْهَكَ لِلدِّينِ الْقَيِّمِ مِن قَبْلِ أَن يَأْتِيَ يَوْمٌ لَّا مَرَدَّ لَهُ مِنَ اللَّهِ ۖ يَوْمَئِذٍ يَصَّدَّعُونَ
अतः तपार्इं आफ्नो अनुहार यस सत्य धर्मतिर नै राख्नु होस् यसभन्दा अगाडि कि अल्लाहको तर्फबाट त्यो दिन आइहालोस्, जुन टर्नेवाला छैन । (मानिसहरू) त्यस दिन सबै यताउता (तितर–बित्तर) भइदिन्छन् ।
44مَن كَفَرَ فَعَلَيْهِ كُفْرُهُ ۖ وَمَنْ عَمِلَ صَالِحًا فَلِأَنفُسِهِمْ يَمْهَدُونَ
जसले इन्कार गर्यो त उसको इन्कार उसैको लागि घातक सिद्ध हुनेछ र जसले राम्रो कर्म गरे, उनीहरूले आफ्नै आरामको साधन जुटाइराखेका छन् ।
45لِيَجْزِيَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ مِن فَضْلِهِ ۚ إِنَّهُ لَا يُحِبُّ الْكَافِرِينَ
ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले आफ्नो दयालुताले पुरस्कार देओस् । निःसन्देह त्यसले काफिरहरूलाई प्रेम गर्दैन ।
46وَمِنْ آيَاتِهِ أَن يُرْسِلَ الرِّيَاحَ مُبَشِّرَاتٍ وَلِيُذِيقَكُم مِّن رَّحْمَتِهِ وَلِتَجْرِيَ الْفُلْكُ بِأَمْرِهِ وَلِتَبْتَغُوا مِن فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ
र उसको निशानीहरूमध्ये शुभ समाचार दिन हावा चलाउनु पनि हो । जसबाट उसले तिमीलाई आफ्नो दयालुताको स्वाद चखाओस् र ताकि उसको आदेशबाट डुंगाहरू चलुन्, र ताकि तिमीले उसको अनुग्रह (जीविका) खोज, र त्यसहेतु तिमीले कृतज्ञता प्रकट गर ।
47وَلَقَدْ أَرْسَلْنَا مِن قَبْلِكَ رُسُلًا إِلَىٰ قَوْمِهِمْ فَجَاءُوهُم بِالْبَيِّنَاتِ فَانتَقَمْنَا مِنَ الَّذِينَ أَجْرَمُوا ۖ وَكَانَ حَقًّا عَلَيْنَا نَصْرُ الْمُؤْمِنِينَ
र हामीले तपाईंभन्दा पहिला पनि रसूलहरूलाई (संदेशवाहकहरूलाई) उनीहरूको जातिबन्धुतिर पठायौं, र उनीहरूले तिनीहरूको पासमा खुल्ला प्रमाणहरू लिएर आए अनि अपराधीहरूबाट हामीले प्रतिशोध लियौं। (तसर्थ) जुन मानिसहरूले ईमान ल्याए तिनीहरूको सहायता गर्नु हामीलाई जरुरी थियो ।
अर-रूमकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
45आयत

अनुवाद — अर-रूम 45

सूरा अर-रूम आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले…

सूरा आयत 45/60 — अर-रूम الروم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रूम सुन्नुहोस्, अर-रूम अनुवाद, अर-रूम mp3, अर-रूम pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers