अल-अहजाब · 22/73
अनुवाद उच्चारण — सूरा अल-अहजाब
وَلَمَّا رَأَى الْمُؤْمِنُونَ الْأَحْزَابَ قَالُوا هَٰذَا مَا وَعَدَنَا اللَّهُ وَرَسُولُهُ وَصَدَقَ اللَّهُ وَرَسُولُهُ ۚ وَمَا زَادَهُمْ إِلَّا إِيمَانًا وَتَسْلِيمًا ۝٢٢
Wa lammaa ra al mu`minoonal Ahzaaba qaaloo haaza maa wa`adanal laahu wa Rasooluh; wa maa zaadahum illaaa eemaananw wa tasleemaa
📖 नेपाली अर्थ
र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अल-अहजाब

20يَحْسَبُونَ الْأَحْزَابَ لَمْ يَذْهَبُوا ۖ وَإِن يَأْتِ الْأَحْزَابُ يَوَدُّوا لَوْ أَنَّهُم بَادُونَ فِي الْأَعْرَابِ يَسْأَلُونَ عَنْ أَنبَائِكُمْ ۖ وَلَوْ كَانُوا فِيكُم مَّا قَاتَلُوا إِلَّا قَلِيلًا
उनीहरूले ठानिराखेका छन् कि (शत्रुका) सैन्यदल अझै गएका छैनन्, र यदि ती सेनाहरू फेरि आउँछन् भने तिनीहरूले चाहन्छन् कि कुनै प्रकार बाहिर (मरुस्थलमा) बद्दूहरूको साथमा भएको भए र त्यहींबाट तिम्रो बारेमा समाचार सोधिराख्ने थिए । र यदि उनीहरू तिम्रो साथमा उपस्थित भएपनि लडाईमा नाममात्रको नै भाग लिन्थे ।
21لَّقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ لِّمَن كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ وَذَكَرَ اللَّهَ كَثِيرًا
निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।
22وَلَمَّا رَأَى الْمُؤْمِنُونَ الْأَحْزَابَ قَالُوا هَٰذَا مَا وَعَدَنَا اللَّهُ وَرَسُولُهُ وَصَدَقَ اللَّهُ وَرَسُولُهُ ۚ وَمَا زَادَهُمْ إِلَّا إِيمَانًا وَتَسْلِيمًا
र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।
23مِّنَ الْمُؤْمِنِينَ رِجَالٌ صَدَقُوا مَا عَاهَدُوا اللَّهَ عَلَيْهِ ۖ فَمِنْهُم مَّن قَضَىٰ نَحْبَهُ وَمِنْهُم مَّن يَنتَظِرُ ۖ وَمَا بَدَّلُوا تَبْدِيلًا
ईमानवालाहरूमा यस्ता मानिसहरू पनि छन् कि जुन प्रतिज्ञा उनीहरूले अल्लाहसित गरेका थिए त्यसलाई पूरा गरी देखाए । उनीहरूमध्ये केहीले त आफ्नो (प्रतिज्ञा) पूरा गरिसके र उनीहरूमा केही प्रतीक्षामा छन् । र उनीहरूले (आफ्नो कुरो) अलिकति पनि परिवर्तन गरेनन् ।
24لِّيَجْزِيَ اللَّهُ الصَّادِقِينَ بِصِدْقِهِمْ وَيُعَذِّبَ الْمُنَافِقِينَ إِن شَاءَ أَوْ يَتُوبَ عَلَيْهِمْ ۚ إِنَّ اللَّهَ كَانَ غَفُورًا رَّحِيمًا
ताकि (यसको परिणाम स्वरूप) अल्लाहले सत्यनिष्ठहरूलाई उनीहरूको सत्यताको पुरस्कार देओस् र कप्टाचारीलाई चाहन्छ भने यातना देओस् वा उनीहरूको तौबा (प्रायश्चित) स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र अति दयावान् छ ।
अल-अहजाबकुरान अनुक्रमणिका
73आयत
MedinanRevelation
22आयत

अनुवाद — अल-अहजाब 22

सूरा अल-अहजाब आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः…

सूरा आयत 22/73 — सूरा अल-अहजाब الأحزاب (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अहजाब सुन्नुहोस्, सूरा अल-अहजाब अनुवाद, सूरा अल-अहजाब mp3, सूरा अल-अहजाब pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers