अन-निसा · 152/176
अनुवाद उच्चारण — सूरा अन-निसा
وَالَّذِينَ آمَنُوا بِاللَّهِ وَرُسُلِهِ وَلَمْ يُفَرِّقُوا بَيْنَ أَحَدٍ مِّنْهُمْ أُولَٰئِكَ سَوْفَ يُؤْتِيهِمْ أُجُورَهُمْ ۗ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا ۝١٥٢
Wallazeena aamanoo billaahi wa Rusulihee wa lam yufarriqoo baina ahadim minhum ulaaa`ika sawfa yu`teehim ujoorahum; wa kaanal laahu Ghafoorar Raheema
📖 नेपाली अर्थ
र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन् र तिनीहरूमा कुनै भेदभाव गर्दैनन्, यिनीहरू नै ती मानिस हुन जसलाई अल्लाहले छिटै तिनीहरूको (राम्रो कर्मको) फल प्रदान गर्ने छ र अल्लाह क्षमादाता र दयावान छ ।

🎧 सुन्नुहोस्


📜 आयत 150-154 — सूरा अन-निसा

150إِنَّ الَّذِينَ يَكْفُرُونَ بِاللَّهِ وَرُسُلِهِ وَيُرِيدُونَ أَن يُفَرِّقُوا بَيْنَ اللَّهِ وَرُسُلِهِ وَيَقُولُونَ نُؤْمِنُ بِبَعْضٍ وَنَكْفُرُ بِبَعْضٍ وَيُرِيدُونَ أَن يَتَّخِذُوا بَيْنَ ذَٰلِكَ سَبِيلًا
जुन मानिसहरूले अल्लाह र उसका पैगम्बरहरूलाई इन्कार गर्दछन् र अल्लाह र उसको पैगम्बरहरूबीच विभाजन गर्न चाहन्छन् र भन्दछन् कि हामीले केही नबीहरूलाई मान्दछौं र केहीलाई मान्दैनौं र ईमान र कुफ्रको बीचमा एउटा बाटो निकाल्न चाहन्छन् ।
151أُولَٰئِكَ هُمُ الْكَافِرُونَ حَقًّا ۚ وَأَعْتَدْنَا لِلْكَافِرِينَ عَذَابًا مُّهِينًا
उनीहरू निःसन्देह काफिर हुन् र काफिरहरूको लागि हामीले अपमानित सजाय तयार गरिसकेका छौं ।
152وَالَّذِينَ آمَنُوا بِاللَّهِ وَرُسُلِهِ وَلَمْ يُفَرِّقُوا بَيْنَ أَحَدٍ مِّنْهُمْ أُولَٰئِكَ سَوْفَ يُؤْتِيهِمْ أُجُورَهُمْ ۗ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا
र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन् र तिनीहरूमा कुनै भेदभाव गर्दैनन्, यिनीहरू नै ती मानिस हुन जसलाई अल्लाहले छिटै तिनीहरूको (राम्रो कर्मको) फल प्रदान गर्ने छ र अल्लाह क्षमादाता र दयावान छ ।
153يَسْأَلُكَ أَهْلُ الْكِتَابِ أَن تُنَزِّلَ عَلَيْهِمْ كِتَابًا مِّنَ السَّمَاءِ ۚ فَقَدْ سَأَلُوا مُوسَىٰ أَكْبَرَ مِن ذَٰلِكَ فَقَالُوا أَرِنَا اللَّهَ جَهْرَةً فَأَخَذَتْهُمُ الصَّاعِقَةُ بِظُلْمِهِمْ ۚ ثُمَّ اتَّخَذُوا الْعِجْلَ مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَاتُ فَعَفَوْنَا عَن ذَٰلِكَ ۚ وَآتَيْنَا مُوسَىٰ سُلْطَانًا مُّبِينًا
(हे मुहम्मद) तपाईसित ‘‘अहले किताब’’ (यहूदी–ईसाई) माँग गर्दछन् कि तपाईले तिनीहरूका लागि आकाशबाट कुनै ग्रन्थ प्रदान गराउनुस् । यिनीहरू त मूसा (पैगम्बर)सँग यो भन्दा ठूला ठूला माँग गरेका थिए, कि अल्लाहलाई हाम्रो सामु ल्याऊ (अर्थात हाम्रो आँखाको अगाडि ल्याई प्रत्यक्ष देखाऊ) तसर्थ तिनीहरूको यस अत्याचारको कारण तिनीहरूमाथि ठूलो चट्याङ्ग खस्यो । अनि स्पष्टरूपले निशानीहरू आए पछि पनि तिनीहरू बाछोलाई आफ्नो पूज्य बनाए तर हामीले तिनीहरूलाई क्षमा गर्यौं र मूसालाई प्रत्यक्ष प्रमाणसहित अधिकार प्रदान गर्यौं ।
154وَرَفَعْنَا فَوْقَهُمُ الطُّورَ بِمِيثَاقِهِمْ وَقُلْنَا لَهُمُ ادْخُلُوا الْبَابَ سُجَّدًا وَقُلْنَا لَهُمْ لَا تَعْدُوا فِي السَّبْتِ وَأَخَذْنَا مِنْهُم مِّيثَاقًا غَلِيظًا
र तिनीहरूसित वाचा लिदैं हामीले तिनीहरू सामुन्ने तूर पर्वतलाई खड़ा गर्यौं र तिनीहरूलाई आदेश गर्यौं कि ढोकाभित्र ढोगदै प्रवेश गर र यो पनि आदेश दिऔं कि शनिवारको दिन आदेशको उल्लंघन नगर र तिनीहरूबाट हामीले दृढ प्रतिज्ञा लिऔं ।
अन-निसाकुरान अनुक्रमणिका
176आयत
MedinanRevelation
152आयत

अनुवाद — अन-निसा 152

सूरा अन-निसा आयत 152 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन्…

सूरा आयत 152/176 — सूरा अन-निसा النساء (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-निसा सुन्नुहोस्, सूरा अन-निसा अनुवाद, सूरा अन-निसा mp3, सूरा अन-निसा pdf. आयत 150–154. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers