अन-निसा · 72/176
अनुवाद उच्चारण — अन-निसा
وَإِنَّ مِنكُمْ لَمَن لَّيُبَطِّئَنَّ فَإِنْ أَصَابَتْكُم مُّصِيبَةٌ قَالَ قَدْ أَنْعَمَ اللَّهُ عَلَيَّ إِذْ لَمْ أَكُن مَّعَهُمْ شَهِيدًا ۝٧٢
Wa inna minkum lamal la yubatti`anna fa in asaabatkum museebatun qaala qad an`amal laahu `alaiya iz lam akum ma`ahum shaheeda
📖 नेपाली अर्थ
र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि नजाउँ जस्तो गर्दछ, फेरि यदि तिमीमाथि कुनै कष्ट आइपर्दछ भने भन्दछ कि अल्लाहले ममाथि ठूलो कृपा गरेको छ कि म तिनीहरूको साथमा उपस्थित थिएन ।
🎧 सुन्नुहोस्

📜 आयत 70-74 — अन-निसा

70ذَٰلِكَ الْفَضْلُ مِنَ اللَّهِ ۚ وَكَفَىٰ بِاللَّهِ عَلِيمًا
यो अल्लाहको दानशीलता हो ! र यो पर्याप्त छ कि अल्लाह सबै कुराको ज्ञाता छ ।
71يَا أَيُّهَا الَّذِينَ آمَنُوا خُذُوا حِذْرَكُمْ فَانفِرُوا ثُبَاتٍ أَوِ انفِرُوا جَمِيعًا
हे मोमिनहरू ! आफ्नो रक्षाको साधन लिइहाल, अनि त्यसपछि समूह–समूहमा प्रस्थान गर अथवा सबै एकै साथमा निस्किहाल ।
72وَإِنَّ مِنكُمْ لَمَن لَّيُبَطِّئَنَّ فَإِنْ أَصَابَتْكُم مُّصِيبَةٌ قَالَ قَدْ أَنْعَمَ اللَّهُ عَلَيَّ إِذْ لَمْ أَكُن مَّعَهُمْ شَهِيدًا
र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि नजाउँ जस्तो गर्दछ, फेरि यदि तिमीमाथि कुनै कष्ट आइपर्दछ भने भन्दछ कि अल्लाहले ममाथि ठूलो कृपा गरेको छ कि म तिनीहरूको साथमा उपस्थित थिएन ।
73وَلَئِنْ أَصَابَكُمْ فَضْلٌ مِّنَ اللَّهِ لَيَقُولَنَّ كَأَن لَّمْ تَكُن بَيْنَكُمْ وَبَيْنَهُ مَوَدَّةٌ يَا لَيْتَنِي كُنتُ مَعَهُمْ فَأَفُوزَ فَوْزًا عَظِيمًا
र यदि अल्लाह तिमीमाथि कृपा गर्दछ भने यस्तो भन्दछ कि उनको र तिम्रो कुनै मित्रता नै थिएन, पश्चाताप गर्दै भन्दछ कि यदि म पनि तिनीहरूको साथमा गएको भए ठूलो सफलता प्राप्त हुने थियो ।
74۞ فَلْيُقَاتِلْ فِي سَبِيلِ اللَّهِ الَّذِينَ يَشْرُونَ الْحَيَاةَ الدُّنْيَا بِالْآخِرَةِ ۚ وَمَن يُقَاتِلْ فِي سَبِيلِ اللَّهِ فَيُقْتَلْ أَوْ يَغْلِبْ فَسَوْفَ نُؤْتِيهِ أَجْرًا عَظِيمًا
तसर्थ जसले संसारिक जीवनलाई आखिरतको जीवनका लागि बेचेका छन्, तिनीहरूलाई आवश्यक छ कि अल्लाहको मार्गमा युद्ध गरुन् र जो मानिस अल्लाहको मार्गमा युद्ध गर्दै शहीद हुन्छ अथवा विजयी हुन्छ निश्चय नै हामीले उसलाई बहुमूल्य पुरस्कार प्रदान गर्नेछौं ।
अन-निसाकुरान अनुक्रमणिका
176आयत
MedinanRevelation
72आयत

अनुवाद — अन-निसा 72

सूरा अन-निसा आयत 72 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि…

सूरा आयत 72/176 — अन-निसा النساء (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-निसा सुन्नुहोस्, अन-निसा अनुवाद, अन-निसा mp3, अन-निसा pdf. आयत 70–74. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers