अश-शूरा · 12/53
अनुवाद उच्चारण — अश-शूरा
لَهُ مَقَالِيدُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ ۚ إِنَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ ۝١٢
Lahoo maqaaleedus samaawaati wal ardi yabsutur rizqa limany yashaaa`u wa yaqdir; innahoo bikulli shai`unw wa Huwas Samee`ul Baseer
📖 नेपाली अर्थ
आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अश-शूरा

10وَمَا اخْتَلَفْتُمْ فِيهِ مِن شَيْءٍ فَحُكْمُهُ إِلَى اللَّهِ ۚ ذَٰلِكُمُ اللَّهُ رَبِّي عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ أُنِيبُ
र जुन कुरामा तिमीले विवाद गरेका छौ त्यसको फैसला अल्लाहको जिम्मामा छ । उही अल्लाह मेरो पालनाकर्ता हो, उसैमाथि मैले भरोसा गरेको छु र उसैतिर म झुक्दछु ।
11فَاطِرُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ جَعَلَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجًا وَمِنَ الْأَنْعَامِ أَزْوَاجًا ۖ يَذْرَؤُكُمْ فِيهِ ۚ لَيْسَ كَمِثْلِهِ شَيْءٌ ۖ وَهُوَ السَّمِيعُ الْبَصِيرُ
ऊ आकाशहरू र धरतीको स्रष्टा हो । उसले तिम्रो निम्ति तिम्रै सहजातिबाट जोडी बनायो र चौपायाहरूको जोडी पनि । यस्तै तरिकाले तिमीलाई यहाँ फैलाइरहेको छ । ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।
12لَهُ مَقَالِيدُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ ۚ إِنَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ
आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।
13۞ شَرَعَ لَكُم مِّنَ الدِّينِ مَا وَصَّىٰ بِهِ نُوحًا وَالَّذِي أَوْحَيْنَا إِلَيْكَ وَمَا وَصَّيْنَا بِهِ إِبْرَاهِيمَ وَمُوسَىٰ وَعِيسَىٰ ۖ أَنْ أَقِيمُوا الدِّينَ وَلَا تَتَفَرَّقُوا فِيهِ ۚ كَبُرَ عَلَى الْمُشْرِكِينَ مَا تَدْعُوهُمْ إِلَيْهِ ۚ اللَّهُ يَجْتَبِي إِلَيْهِ مَن يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَن يُنِيبُ
अल्लाहले तिम्रो निम्ति त्यही दीन (धर्म) निश्चित गर्यो, जसलाई अपनाउन नूह (अलैहिस्सलाम) लाई आदेश गरेको थियो ।’’ र जसलाई (हे मुहम्मद !) हामीले तपाईतिर वह्यको माध्यमले पठाएका छौं र जसको बारेमा ‘‘इब्राहीम(अलैहिस्सलाम)’’ र ‘‘मूसा(अलैहिस्सलाम) र’’, ‘‘ईसा (अलैहिस्सलाम) लाई’’ पनि आदेश दिएका थियौं, ‘‘कि यस दीनलाई कायम राख्नु र उसको विषयमा विभाजित नहुनु ।’’ जुन कुरोतिर तपाईले बहुदेववादीहरूलाई बोलाउँनु हुन्छ, त्यो त उनीहरूलाई अप्रिय छ । अल्लाहले जसलाई चाहन्छ आफूतिर रोजेर लिन्छ र आफूतिरको मार्ग उसैलाई देखाउँछ जो ऊतिर प्रवृत्त हुन्छ ।
14وَمَا تَفَرَّقُوا إِلَّا مِن بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْيًا بَيْنَهُمْ ۚ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِن رَّبِّكَ إِلَىٰ أَجَلٍ مُّسَمًّى لَّقُضِيَ بَيْنَهُمْ ۚ وَإِنَّ الَّذِينَ أُورِثُوا الْكِتَابَ مِن بَعْدِهِمْ لَفِي شَكٍّ مِّنْهُ مُرِيبٍ
उनीहरूले त परस्पर एक–एर्कामाथि बढ्ता हुने उद्देश्यले विवाद गरे जबकि उनको पासमा ज्ञान आइसकेको थियो । र यदि तपाईको पालनकर्ताको तर्फबाट एउटा निश्चित अवधिसम्मको निम्ति समय पहिला निर्धारित नभइसकेको भए, उनीहरूको बीचमा निर्णय गरिदिइनेथियो । तर जुन मानिसहरू उनीहरू पश्चात किताबको उत्तराधिकारी भए, उनीहरू उसको बारेमा शंकमा अल्झिएका छन् ।
अश-शूराकुरान अनुक्रमणिका
53आयत
MeccanRevelation
12आयत

अनुवाद — अश-शूरा 12

सूरा अश-शूरा आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको…

सूरा आयत 12/53 — अश-शूरा الشورى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शूरा सुन्नुहोस्, अश-शूरा अनुवाद, अश-शूरा mp3, अश-शूरा pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers