अल-माइदा · 21/120
अनुवाद उच्चारण — अल-माइदा
يَا قَوْمِ ادْخُلُوا الْأَرْضَ الْمُقَدَّسَةَ الَّتِي كَتَبَ اللَّهُ لَكُمْ وَلَا تَرْتَدُّوا عَلَىٰ أَدْبَارِكُمْ فَتَنقَلِبُوا خَاسِرِينَ ۝٢١
Yaa qawmid khulul Ardal MMuqaddasatal latee katabal laahu lakum wa laa tartaddoo `alaaa adbaarikum fatanqaliboo khaasireen
📖 नेपाली अर्थ
हे मेरा कौमका मानिसहरू ! तिमीहरू यस पवित्र भूभागमा (फलस्तीनको बैतुल मुकद्दसमा) प्रवेश गर जुन अल्लाहले तिम्रो निम्ति निर्धारित गरेको छ । र हेर संघर्षको समयमा पछाडि नहट्नु अन्यथा ठूलो नोक्सानीमा पर्नेछौ ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अल-माइदा

19يَا أَهْلَ الْكِتَابِ قَدْ جَاءَكُمْ رَسُولُنَا يُبَيِّنُ لَكُمْ عَلَىٰ فَتْرَةٍ مِّنَ الرُّسُلِ أَن تَقُولُوا مَا جَاءَنَا مِن بَشِيرٍ وَلَا نَذِيرٍ ۖ فَقَدْ جَاءَكُم بَشِيرٌ وَنَذِيرٌ ۗ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ
हे अहले किताब ! पैगम्बरहरूको आउने क्रम जुनकि केही समयसम्म बन्द थियो, अब तिम्रा छेउ हाम्रो पैगम्बर आइसकेका छन्, जसले कि तिमीसित (हाम्रा आदेशहरू) स्पष्ट गरी वर्णन गर्दछन् ताकि तिमीले यो न भन्नसक कि हामी छेउ कोही राम्रो, नराम्रो सुनाउने आउँदै आएन, हेर अब तिम्रा छेउ सुसमाचार सुनाउने र सावधान गराउने आइसकेको छ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
20وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ يَا قَوْمِ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ جَعَلَ فِيكُمْ أَنبِيَاءَ وَجَعَلَكُم مُّلُوكًا وَآتَاكُم مَّا لَمْ يُؤْتِ أَحَدًا مِّنَ الْعَالَمِينَ
र यादगर जब मूसाले आफ्नो कौमलाई भने, हे मेरो कौमका मानिसहरू! अल्लाहले तिमीमाथि गरेको कृपाको स्मरण गर कि उसले तिमीहरूमध्येबाट पैगम्बर बनायो र तिमीलाई राजा बनायो र तिमीलाई त्यति प्रदान गर्यो जति संसारका अरु कसैलाई प्रदान गरेन ।
21يَا قَوْمِ ادْخُلُوا الْأَرْضَ الْمُقَدَّسَةَ الَّتِي كَتَبَ اللَّهُ لَكُمْ وَلَا تَرْتَدُّوا عَلَىٰ أَدْبَارِكُمْ فَتَنقَلِبُوا خَاسِرِينَ
हे मेरा कौमका मानिसहरू ! तिमीहरू यस पवित्र भूभागमा (फलस्तीनको बैतुल मुकद्दसमा) प्रवेश गर जुन अल्लाहले तिम्रो निम्ति निर्धारित गरेको छ । र हेर संघर्षको समयमा पछाडि नहट्नु अन्यथा ठूलो नोक्सानीमा पर्नेछौ ।
22قَالُوا يَا مُوسَىٰ إِنَّ فِيهَا قَوْمًا جَبَّارِينَ وَإِنَّا لَن نَّدْخُلَهَا حَتَّىٰ يَخْرُجُوا مِنْهَا فَإِن يَخْرُجُوا مِنْهَا فَإِنَّا دَاخِلُونَ
तिनीहरूले भन्न थाले कि हे मूसा ! त्यहाँ त साह्रै बलिया र सामर्थवान मानिसहरू बस्दछन् र जबसम्म तिनीहरू त्यहाँबाट निस्केर जाँदैनन् तबसम्म हामी त त्यहाँ जान सक्तैनौ, तर हो, यदि तिनीहरू त्यहाँबाट निस्किहाल्छन् भने हामी प्रवेश गरिहाल्छौं ।
23قَالَ رَجُلَانِ مِنَ الَّذِينَ يَخَافُونَ أَنْعَمَ اللَّهُ عَلَيْهِمَا ادْخُلُوا عَلَيْهِمُ الْبَابَ فَإِذَا دَخَلْتُمُوهُ فَإِنَّكُمْ غَالِبُونَ ۚ وَعَلَى اللَّهِ فَتَوَكَّلُوا إِن كُنتُم مُّؤْمِنِينَ
दुईजनाले जो अल्लाहसित डर मान्नेमध्येबाट थिए, जसमाथि अल्लाहको कृपा थियो, भने कि तिमीहरू मूल ढोकाबाट प्रवेश गर (आक्रमण गरिहाल) र प्रवेश गर्नु साथ विजय तिम्रो नै हुनेछ । र साँच्चिकै ईमान भएका हौ भने अल्लाहमाथि भरोसा गर्नेगर ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
21आयत

अनुवाद — अल-माइदा 21

सूरा अल-माइदा आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे मेरा कौमका मानिसहरू ! तिमीहरू यस पवित्र भूभागमा (फलस्तीनको…

सूरा आयत 21/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers