अल-बकरा · 268/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
الشَّيْطَانُ يَعِدُكُمُ الْفَقْرَ وَيَأْمُرُكُم بِالْفَحْشَاءِ ۖ وَاللَّهُ يَعِدُكُم مَّغْفِرَةً مِّنْهُ وَفَضْلًا ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ ۝٢٦٨
Ash Shaitaanu ya`idukumul faqra wa yaamurukum bilfahshaaa`i wallaahu ya`idukum maghfiratam minhu wa fadlaa; wallaahu Waasi`un `Aleem
📖 नेपाली अर्थ
(हेर) शैतानले तिमीलाई गरिबीबाट तर्साउँछ र निर्लज्जातापूर्ण काम गर्ने प्रेरणा दिन्छ । र अल्लाह तिमीसित आफ्नो उपकार र वरदानको वचन दिन्छ । र अल्लाह सर्वव्यापी र अति ज्ञानी छ ।

🎧 सुन्नुहोस्


📜 आयत 266-270 — सूरा अल-बकरा

266أَيَوَدُّ أَحَدُكُمْ أَن تَكُونَ لَهُ جَنَّةٌ مِّن نَّخِيلٍ وَأَعْنَابٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ لَهُ فِيهَا مِن كُلِّ الثَّمَرَاتِ وَأَصَابَهُ الْكِبَرُ وَلَهُ ذُرِّيَّةٌ ضُعَفَاءُ فَأَصَابَهَا إِعْصَارٌ فِيهِ نَارٌ فَاحْتَرَقَتْ ۗ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ لَعَلَّكُمْ تَتَفَكَّرُونَ
के तिमीहरूमध्ये कसैले यो इच्छा गर्दछ कि ऊसंग अँगूर र खजूरको बगैंचा होस् जसमा नहरहरू बगिराखुन् र त्यसमा हरेक किसिमका फलहरू लागिरहुन् र त्यो मानिसको वृद्धावस्था आईपुग्दछ र उसका स–साना बालबालिकाहरू पनि हुन्, अनि एक्कासी त्यो बगैंचा आगोको एउटा भूमरीमा परी भस्म भइहालोस् । यस किसिमबाट अल्लाहले तिमीसित आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्छ ताकि तिमी चिन्तन मनन् गर ।
267يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَنفِقُوا مِن طَيِّبَاتِ مَا كَسَبْتُمْ وَمِمَّا أَخْرَجْنَا لَكُم مِّنَ الْأَرْضِ ۖ وَلَا تَيَمَّمُوا الْخَبِيثَ مِنْهُ تُنفِقُونَ وَلَسْتُم بِآخِذِيهِ إِلَّا أَن تُغْمِضُوا فِيهِ ۚ وَاعْلَمُوا أَنَّ اللَّهَ غَنِيٌّ حَمِيدٌ
मोमिनहरू हो ! जुन पवित्र, राम्रो कुरा तिमीले कमाउँछौ र जुन कुरा हामीले तिम्रा निम्ति पृथ्वीबाट उब्जाउँछौं, त्यसबाट (धर्मको मार्गमा) खर्च गर र त्यसमध्ये नराम्रा वस्तु दिने विचार नराख्नु, जुन वस्तु तिमी स्वयम् लिन चाहँदैनौ । र, बुझिराख कि अल्लाहलाई कुनै कुराको आवश्यकता छैन र ऊ सर्वगुण सम्पन्न छ ।
268الشَّيْطَانُ يَعِدُكُمُ الْفَقْرَ وَيَأْمُرُكُم بِالْفَحْشَاءِ ۖ وَاللَّهُ يَعِدُكُم مَّغْفِرَةً مِّنْهُ وَفَضْلًا ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ
(हेर) शैतानले तिमीलाई गरिबीबाट तर्साउँछ र निर्लज्जातापूर्ण काम गर्ने प्रेरणा दिन्छ । र अल्लाह तिमीसित आफ्नो उपकार र वरदानको वचन दिन्छ । र अल्लाह सर्वव्यापी र अति ज्ञानी छ ।
269يُؤْتِي الْحِكْمَةَ مَن يَشَاءُ ۚ وَمَن يُؤْتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا ۗ وَمَا يَذَّكَّرُ إِلَّا أُولُو الْأَلْبَابِ
उसले जसलाई मनपराउँछ, बुद्धि र कौशल प्रदान गर्दछ र जसले बुद्धि र कौशल प्राप्त गर्याे, निःसन्देह उसले ठूलो वरदान प्राप्त गर्यो । र उपदेश तिनैले स्वीकार गर्दछन् जो बुद्धिमान छन् ।
270وَمَا أَنفَقْتُم مِّن نَّفَقَةٍ أَوْ نَذَرْتُم مِّن نَّذْرٍ فَإِنَّ اللَّهَ يَعْلَمُهُ ۗ وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَارٍ
तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै मन्नत गर्दछौ, अल्लाहलाई थाहा हुन्छ र दुष्कर्म गर्नेहरूको कोही सहायता गर्ने छैन ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
268आयत

अनुवाद — अल-बकरा 268

सूरा अल-बकरा आयत 268 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हेर) शैतानले तिमीलाई गरिबीबाट तर्साउँछ र निर्लज्जातापूर्ण काम गर्ने प्रेरणा…

सूरा आयत 268/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 266–270. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers