अल-कसस · 11/88
अनुवाद उच्चारण — अल-कसस
وَقَالَتْ لِأُخْتِهِ قُصِّيهِ ۖ فَبَصُرَتْ بِهِ عَن جُنُبٍ وَهُمْ لَا يَشْعُرُونَ ۝١١
Wa qaalat li ukhtihee qusseehi fabasurat bihee `an junubinw wahum laa yash`uroon
📖 नेपाली अर्थ
मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — अल-कसस

9وَقَالَتِ امْرَأَتُ فِرْعَوْنَ قُرَّتُ عَيْنٍ لِّي وَلَكَ ۖ لَا تَقْتُلُوهُ عَسَىٰ أَن يَنفَعَنَا أَوْ نَتَّخِذَهُ وَلَدًا وَهُمْ لَا يَشْعُرُونَ
र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।
10وَأَصْبَحَ فُؤَادُ أُمِّ مُوسَىٰ فَارِغًا ۖ إِن كَادَتْ لَتُبْدِي بِهِ لَوْلَا أَن رَّبَطْنَا عَلَىٰ قَلْبِهَا لِتَكُونَ مِنَ الْمُؤْمِنِينَ
र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।
11وَقَالَتْ لِأُخْتِهِ قُصِّيهِ ۖ فَبَصُرَتْ بِهِ عَن جُنُبٍ وَهُمْ لَا يَشْعُرُونَ
मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।
12۞ وَحَرَّمْنَا عَلَيْهِ الْمَرَاضِعَ مِن قَبْلُ فَقَالَتْ هَلْ أَدُلُّكُمْ عَلَىٰ أَهْلِ بَيْتٍ يَكْفُلُونَهُ لَكُمْ وَهُمْ لَهُ نَاصِحُونَ
हामीले उनीहरू पुग्नुभन्दा अघि नै उसको निम्ति धाइआमाको दूध हराम (वर्जित) गरिदिएका थियौं अतः तिनले भनिन् कि के तिमीलाई यस्तो घरको ठेगाना बताउँ जसले कि तिम्रो निम्ति यस बालकको पालनपोषण गर्न सकोस् र यसको शुभचिन्तक पनि होस् ।
13فَرَدَدْنَاهُ إِلَىٰ أُمِّهِ كَيْ تَقَرَّ عَيْنُهَا وَلَا تَحْزَنَ وَلِتَعْلَمَ أَنَّ وَعْدَ اللَّهِ حَقٌّ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ
यसप्रकार हामीले उसलाई उसकी आमातिर फर्काएर ल्यायौं, ताकि तिनका आँखाहरू शीतल होउन् र तिनी शोकाकुल नहोउन् र ताकि तिनले जानिहालुन् कि अल्लाहको वाचा सत्य छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
अल-कससकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-कसस 11

सूरा अल-कसस आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि…

सूरा आयत 11/88 — अल-कसस القصص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कसस सुन्नुहोस्, अल-कसस अनुवाद, अल-कसस mp3, अल-कसस pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers