अल-अङ्कबूत · 42/69
अनुवाद उच्चारण — अल-अङ्कबूत
إِنَّ اللَّهَ يَعْلَمُ مَا يَدْعُونَ مِن دُونِهِ مِن شَيْءٍ ۚ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ ۝٤٢
Innal laaha ya`lamu maa yad`oona min doonihee min shai`; wa Huwal `Azeezul Hakeem
📖 नेपाली अर्थ
अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
🎧 सुन्नुहोस्

📜 आयत 40-44 — अल-अङ्कबूत

40فَكُلًّا أَخَذْنَا بِذَنبِهِ ۖ فَمِنْهُم مَّنْ أَرْسَلْنَا عَلَيْهِ حَاصِبًا وَمِنْهُم مَّنْ أَخَذَتْهُ الصَّيْحَةُ وَمِنْهُم مَّنْ خَسَفْنَا بِهِ الْأَرْضَ وَمِنْهُم مَّنْ أَغْرَقْنَا ۚ وَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَٰكِن كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ
अन्ततः हामीले सबैलाई उनीहरूको अपराधको अधिकताको कारण समातिहाल्यौं, अनि उनीहरूमध्ये केही (कौमेआद) माथि हामीले ढुङ्गा बर्साउने वायु पठायौं, र केही यस्ता थिए (समूद) जसलाई भयङ्कर आवाजले आइसमात्यो र तीमध्ये केही (कारून) लाई हामीले धरतीमा पुरिदियौं र केही यस्ता थिए (फिरऔन) जसलाई हामीले डुबाइदियौं । अल्लाह यस्तो होइन कि उनीहरूमाथि अत्याचार गरोस्, किन्तु उनीहरूले आफू स्वयंमाथि नै अत्याचार गर्दथे ।
41مَثَلُ الَّذِينَ اتَّخَذُوا مِن دُونِ اللَّهِ أَوْلِيَاءَ كَمَثَلِ الْعَنكَبُوتِ اتَّخَذَتْ بَيْتًا ۖ وَإِنَّ أَوْهَنَ الْبُيُوتِ لَبَيْتُ الْعَنكَبُوتِ ۖ لَوْ كَانُوا يَعْلَمُونَ
जुन मानिसहरूले अल्लाह बाहेक अरुलाई संरक्षक बनाएका छन्, उनको उदाहरण माकुराको जस्तो छ कि उसले पनि एउटा घर बनाउँछे र कुनै सन्देह छैन कि तमाम घरहरूमा कमजोर माकुराको घर हुन्छ । यिनीहरूले यो कुरा बुझ्ने भए कति राम्रो हुने थियो ।
42إِنَّ اللَّهَ يَعْلَمُ مَا يَدْعُونَ مِن دُونِهِ مِن شَيْءٍ ۚ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ
अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
43وَتِلْكَ الْأَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ ۖ وَمَا يَعْقِلُهَا إِلَّا الْعَالِمُونَ
यी दृष्टान्तहरू हामीले मानिसहरूलाई बुझ्नको निम्ति वर्णन गर्दछौं र यसलाई त मात्र ज्ञानवानले नै बुझ्दछन् ।
44خَلَقَ اللَّهُ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِّلْمُؤْمِنِينَ
अल्लाहले आकाशहरू र धरतीलाई सत्यताको साथ सृष्टि गरेको छ । निश्चय नै यसमा ईमानवालाहरूको निम्ति ठुलो निशानी छ ।
अल-अङ्कबूतकुरान अनुक्रमणिका
69आयत
MeccanRevelation
42आयत

अनुवाद — अल-अङ्कबूत 42

सूरा अल-अङ्कबूत आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र…

सूरा आयत 42/69 — अल-अङ्कबूत العنكبوت (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अङ्कबूत सुन्नुहोस्, अल-अङ्कबूत अनुवाद, अल-अङ्कबूत mp3, अल-अङ्कबूत pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers