अज-जुमर · 44/75
अनुवाद उच्चारण — अज-जुमर
قُل لِّلَّهِ الشَّفَاعَةُ جَمِيعًا ۖ لَّهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ ثُمَّ إِلَيْهِ تُرْجَعُونَ ۝٤٤
Qul lillaahish shafaa`atu jamee`aa; lahoo mulkus samaawaati wal ardi summa ilaihi turj`oon
📖 नेपाली अर्थ
भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो । सबै आकाशहरू र जमिनको सत्ता उसैको लागि छ । अनि तिमी सबै उसैतिर फर्केर जानेछौ ।’’

🎧 सुन्नुहोस्


📜 आयत 42-46 — अज-जुमर

42اللَّهُ يَتَوَفَّى الْأَنفُسَ حِينَ مَوْتِهَا وَالَّتِي لَمْ تَمُتْ فِي مَنَامِهَا ۖ فَيُمْسِكُ الَّتِي قَضَىٰ عَلَيْهَا الْمَوْتَ وَيُرْسِلُ الْأُخْرَىٰ إِلَىٰ أَجَلٍ مُّسَمًّى ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ
अल्लाहले नै प्राणहरूलाई उनीहरूको मृत्युको समय र जसको मृत्यु आएन त्यसलाई उसको निद्राको अवस्थामा ग्रस्त गरिहाल्दछ । अनि जसको मृत्युको निर्णय गरिसकेको छ, त्यसलाई रोकिराख्दछ । र अरु प्राणहरूलाई एक निर्धारित समयसम्मको लागि छोडिदिन्छ । निश्चय नै यसमा सोचविचार गर्नेहरूको निम्ति कैयन् निशानीहरू छन् ।
43أَمِ اتَّخَذُوا مِن دُونِ اللَّهِ شُفَعَاءَ ۚ قُلْ أَوَلَوْ كَانُوا لَا يَمْلِكُونَ شَيْئًا وَلَا يَعْقِلُونَ
के उनीहरूले अल्लाह बाहेक अरुलाई सिफारिश गर्नेहरू बनाएका छन् ? तपार्इं भनिदिनुस् कि ‘‘चाहे उनीहरू कुनै कुराको पनि अधिकार राख्दैनन् र न केही बुझ्छन्, तैपनि ?’’
44قُل لِّلَّهِ الشَّفَاعَةُ جَمِيعًا ۖ لَّهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ ثُمَّ إِلَيْهِ تُرْجَعُونَ
भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो । सबै आकाशहरू र जमिनको सत्ता उसैको लागि छ । अनि तिमी सबै उसैतिर फर्केर जानेछौ ।’’
45وَإِذَا ذُكِرَ اللَّهُ وَحْدَهُ اشْمَأَزَّتْ قُلُوبُ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ ۖ وَإِذَا ذُكِرَ الَّذِينَ مِن دُونِهِ إِذَا هُمْ يَسْتَبْشِرُونَ
र जब एक्लो अल्लाहको चर्चा गरिन्छ तब जुन मानिसहरू आखिरतमा विश्वास गर्दैनन् उनीहरूको हृदय घृणाले भरिन्छ, तर जब उस बाहेक अरुहरूको चर्चा आउँदछ तब उनीहरू आनन्दले प्रफुल्ल भइहाल्दछन् ।
46قُلِ اللَّهُمَّ فَاطِرَ السَّمَاوَاتِ وَالْأَرْضِ عَالِمَ الْغَيْبِ وَالشَّهَادَةِ أَنتَ تَحْكُمُ بَيْنَ عِبَادِكَ فِي مَا كَانُوا فِيهِ يَخْتَلِفُونَ
तपार्इं भन्नुस् कि ‘‘हे अल्लाह ! आकाशहरू र धरतीको स्रष्टा (र) अदृश्य र प्रकट कुराको ज्ञाता ! तिमीले नै आफ्ना भक्तहरूमा ती कुराहरूको, निर्णय गर्नेछौ जसमा उनीहरूले विवाद गरिराखेका छन् ।’’
अज-जुमरकुरान अनुक्रमणिका
75आयत
MeccanRevelation
44आयत

अनुवाद — अज-जुमर 44

सूरा अज-जुमर आयत 44 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो…

सूरा आयत 44/75 — अज-जुमर الزمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जुमर सुन्नुहोस्, अज-जुमर अनुवाद, अज-जुमर mp3, अज-जुमर pdf. आयत 42–46. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers