अल-अनआम · 162/165
अनुवाद उच्चारण — अल-अनआम
قُلْ إِنَّ صَلَاتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلَّهِ رَبِّ الْعَالَمِينَ ۝١٦٢
Qul inna Salaatee wa nusukee wa mahyaaya wa mamaatee lillaahi Rabbil `aalameen
📖 नेपाली अर्थ
यो पनि भनिदिनुस् कि मेरो नमाज, र मेरो सबै इबादत (उपासना) निश्चितरूपले र मेरो जीवन र मृत्यु सबै अल्लाहकै लागि हुन्, जो सम्पूर्ण ब्रह्माण्डको स्वामी हो ।
🎧 सुन्नुहोस्

📜 आयत 160-164 — अल-अनआम

160مَن جَاءَ بِالْحَسَنَةِ فَلَهُ عَشْرُ أَمْثَالِهَا ۖ وَمَن جَاءَ بِالسَّيِّئَةِ فَلَا يُجْزَىٰ إِلَّا مِثْلَهَا وَهُمْ لَا يُظْلَمُونَ
जसले सत्कर्म गर्दछ उसले त्यसको दशगुणा प्रतिफल पाउनेछ र जसले दुष्कर्म गर्दछ उसले त्यतिनै सजाय पाउनेछ, जति उसले अपराध गरेको छ । र तिनीहरूमाथि कुनै अन्याय गरिने छैन ।
161قُلْ إِنَّنِي هَدَانِي رَبِّي إِلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ دِينًا قِيَمًا مِّلَّةَ إِبْرَاهِيمَ حَنِيفًا ۚ وَمَا كَانَ مِنَ الْمُشْرِكِينَ
भनिदिनुस् कि मलाई मेरो पालनकर्ताले सोझो बाटो देखाइसकेको छ, त्यो एउटा सम्पूर्ण धर्म हो जुन बाटो हो इब्राहीमको जो मात्र अल्लाहको उपासक थिए र उनी मुश्रिकहरूमध्येका थिएनन् ।’’
162قُلْ إِنَّ صَلَاتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلَّهِ رَبِّ الْعَالَمِينَ
यो पनि भनिदिनुस् कि मेरो नमाज, र मेरो सबै इबादत (उपासना) निश्चितरूपले र मेरो जीवन र मृत्यु सबै अल्लाहकै लागि हुन्, जो सम्पूर्ण ब्रह्माण्डको स्वामी हो ।
163لَا شَرِيكَ لَهُ ۖ وَبِذَٰلِكَ أُمِرْتُ وَأَنَا أَوَّلُ الْمُسْلِمِينَ
उसको कुनै साझेदार छैन । र मलाई यही कुराको आदेश भएको छ र म आज्ञापालकहरूमध्ये पहिलो हूँ ।
164قُلْ أَغَيْرَ اللَّهِ أَبْغِي رَبًّا وَهُوَ رَبُّ كُلِّ شَيْءٍ ۚ وَلَا تَكْسِبُ كُلُّ نَفْسٍ إِلَّا عَلَيْهَا ۚ وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ ۚ ثُمَّ إِلَىٰ رَبِّكُم مَّرْجِعُكُمْ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ
तपाई भन्नुस् कि के म अल्लाह बाहेक अरु पालनकर्ता खोजूँ ? जब कि उही प्रत्येक कुराको मालिक हो । र जसले जे कर्म गर्दछ, त्यसको हानि नोक्सानी त्यसैलाई नै हुन्छ । र कसैले कसैको पापको भारी बोक्ने छैन, अनि तिमी सबैलाई आफ्नो पालनकर्ताछेउ नै फर्केर जानुपर्ने छ । अनि उसले तिमीहरूले उठाएकै प्रत्येक विवादको बारेमा तिमीहरू सामु खुलस्त पार्नेछ ।
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
162आयत

अनुवाद — अल-अनआम 162

सूरा अल-अनआम आयत 162 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो पनि भनिदिनुस् कि मेरो नमाज, र मेरो सबै इबादत…

सूरा आयत 162/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 160–164. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers