अत-तौबा · 96/129
अनुवाद उच्चारण — अत-तौबा
يَحْلِفُونَ لَكُمْ لِتَرْضَوْا عَنْهُمْ ۖ فَإِن تَرْضَوْا عَنْهُمْ فَإِنَّ اللَّهَ لَا يَرْضَىٰ عَنِ الْقَوْمِ الْفَاسِقِينَ ۝٩٦
Yahlifoona lakum litardaw `anhum fa in tardaw `anhum fa innal laaha laa yardaa `anil qawmil faasiqeen
📖 नेपाली अर्थ
यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस् । यदि तपार्इं उनीसँग खुशी भए पनि अल्लाह कदापि यस्ता ‘‘फासिक’’ अवज्ञाकारी मान्छेहरूसँग खुशी हुँदैन ।
🎧 सुन्नुहोस्

📜 आयत 94-98 — अत-तौबा

94يَعْتَذِرُونَ إِلَيْكُمْ إِذَا رَجَعْتُمْ إِلَيْهِمْ ۚ قُل لَّا تَعْتَذِرُوا لَن نُّؤْمِنَ لَكُمْ قَدْ نَبَّأَنَا اللَّهُ مِنْ أَخْبَارِكُمْ ۚ وَسَيَرَى اللَّهُ عَمَلَكُمْ وَرَسُولُهُ ثُمَّ تُرَدُّونَ إِلَىٰ عَالِمِ الْغَيْبِ وَالشَّهَادَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ
जब तिमी फर्केर उनीहरूको पासमा पुग्छौ त उनीहरूले तिमी समक्ष बहाना बनाउने छन् । तपाईं भनिदिनुस्ः यो बहाना नबनाऊः हामीले तिमीलाई कहिल्यै साँचो ठान्ने छैनौं । अल्लाहले हामीलाई तिम्रा बृतान्त भनिसकेको छ, । र पछि पनि अल्लाह र उसको रसूलले तिम्रा क्रियाकलाप देख्नेछन्, अनि यस्ताको पासमा फर्काइनेछौ जो अदृश्य र प्रकट सबैको ज्ञाता छ । अनि जे–जति क्रियाकलाप तिमीले गर्दैआएका छौ, उसले तिमीलाई भनिदिनेछ ।
95سَيَحْلِفُونَ بِاللَّهِ لَكُمْ إِذَا انقَلَبْتُمْ إِلَيْهِمْ لِتُعْرِضُوا عَنْهُمْ ۖ فَأَعْرِضُوا عَنْهُمْ ۖ إِنَّهُمْ رِجْسٌ ۖ وَمَأْوَاهُمْ جَهَنَّمُ جَزَاءً بِمَا كَانُوا يَكْسِبُونَ
यिनीहरू अब तपार्इं अगाडि किरिया खानेछन् जब तपार्इं उनीनिर फर्केर जानुहुन्छ ताकि तपाईंले उनीहरूलाई उनको अवस्थामा छाडिदिनुस् । तसर्थ तपाईंले उनीहरूलाई उनको हालतमा छाडिदिनुस् किनभने उनीहरू पूर्ण फोहरी छन्, उनको बासस्थान नर्क हो त्यस क्रियाकलापको साटो जुन तिनीहरूले गर्दथे ।
96يَحْلِفُونَ لَكُمْ لِتَرْضَوْا عَنْهُمْ ۖ فَإِن تَرْضَوْا عَنْهُمْ فَإِنَّ اللَّهَ لَا يَرْضَىٰ عَنِ الْقَوْمِ الْفَاسِقِينَ
यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस् । यदि तपार्इं उनीसँग खुशी भए पनि अल्लाह कदापि यस्ता ‘‘फासिक’’ अवज्ञाकारी मान्छेहरूसँग खुशी हुँदैन ।
97الْأَعْرَابُ أَشَدُّ كُفْرًا وَنِفَاقًا وَأَجْدَرُ أَلَّا يَعْلَمُوا حُدُودَ مَا أَنزَلَ اللَّهُ عَلَىٰ رَسُولِهِ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ
अज्ञानीहरू (अरबका बद्दुहरू) साह्रै ठूला काफिर र पाखण्डी छन् र तिनीहरूका लागि यही नै मुनासिब छ कि जुन आदेशहरू अल्लाहले आफ्नो रसूललाई पठाउनु भएको छ, त्यसबाट तिनीहरू अनभिज्ञ रहुन् र अल्लाह सर्वज्ञाता र बुद्धिमत्ता सम्पन्न छ ।
98وَمِنَ الْأَعْرَابِ مَن يَتَّخِذُ مَا يُنفِقُ مَغْرَمًا وَيَتَرَبَّصُ بِكُمُ الدَّوَائِرَ ۚ عَلَيْهِمْ دَائِرَةُ السَّوْءِ ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ
र केही अज्ञानी यस्ता छन् कि जे जति खर्च गर्दछन् त्यसलाई जरिमाना ठान्दछन् र तिम्रो निम्ति विपत्तिको प्रतिक्षामा रहन्छन् । तिनीहरूमाथि नै ठूलो आपत्ति आओस् र अल्लाह सबै कुरा सुन्ने (र) जान्नेवाला छ ।
अत-तौबाकुरान अनुक्रमणिका
129आयत
MedinanRevelation
96आयत

अनुवाद — अत-तौबा 96

सूरा अत-तौबा आयत 96 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस्…

सूरा आयत 96/129 — अत-तौबा التوبة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तौबा सुन्नुहोस्, अत-तौबा अनुवाद, अत-तौबा mp3, अत-तौबा pdf. आयत 94–98. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers