अल-बकरा · 84/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنفُسَكُم مِّن دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنتُمْ تَشْهَدُونَ ۝٨٤
Wa iz akhaznaa meesaa qakum laa tasfikoona dimaaa`akum wa laa tukrijoona anfusakum min diyaarikum summa aqrartum wa antum tashhadoon
📖 नेपाली अर्थ
र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु र आफन्तहरूलाई आफ्नो घरबाट न निकाल्नु, त तिमीले वचन दियौ र तिमी यसको साक्षी पनि बन्यौ ।

🎧 सुन्नुहोस्


📜 आयत 82-86 — सूरा अल-बकरा

82وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ أُولَٰئِكَ أَصْحَابُ الْجَنَّةِ ۖ هُمْ فِيهَا خَالِدُونَ
र जो आस्थावान भएर धर्मको काम गरे, तिनी स्वर्गमा जानेहरू हुन् र सधैं त्यसमा रहने छन् ।
83وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ وَبِالْوَالِدَيْنِ إِحْسَانًا وَذِي الْقُرْبَىٰ وَالْيَتَامَىٰ وَالْمَسَاكِينِ وَقُولُوا لِلنَّاسِ حُسْنًا وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ ثُمَّ تَوَلَّيْتُمْ إِلَّا قَلِيلًا مِّنكُمْ وَأَنتُم مُّعْرِضُونَ
र जब हामीले बनी इस्राईलसित वाचा गरायौं कि अल्लाह बाहेक अरु कसैको पूजा नगर्नु, र आमा–बाबुसित राम्रो व्यवहार गर्नु यस्तै नातेदार, अनाथ र गरिबहरूसंग पनि, र मानिसहरूसंग राम्रा कुरा गर्नु, र नमाज पढ्दै गर्नु, र जकात (दान) दिंदै गर्नु । तर केही व्यक्तिहरू बाहेक तिमी (सबै) यस वचनबाट पछि फर्कयौ र मुख फेर्यौ ।
84وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنفُسَكُم مِّن دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنتُمْ تَشْهَدُونَ
र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु र आफन्तहरूलाई आफ्नो घरबाट न निकाल्नु, त तिमीले वचन दियौ र तिमी यसको साक्षी पनि बन्यौ ।
85ثُمَّ أَنتُمْ هَٰؤُلَاءِ تَقْتُلُونَ أَنفُسَكُمْ وَتُخْرِجُونَ فَرِيقًا مِّنكُم مِّن دِيَارِهِمْ تَظَاهَرُونَ عَلَيْهِم بِالْإِثْمِ وَالْعُدْوَانِ وَإِن يَأْتُوكُمْ أُسَارَىٰ تُفَادُوهُمْ وَهُوَ مُحَرَّمٌ عَلَيْكُمْ إِخْرَاجُهُمْ ۚ أَفَتُؤْمِنُونَ بِبَعْضِ الْكِتَابِ وَتَكْفُرُونَ بِبَعْضٍ ۚ فَمَا جَزَاءُ مَن يَفْعَلُ ذَٰلِكَ مِنكُمْ إِلَّا خِزْيٌ فِي الْحَيَاةِ الدُّنْيَا ۖ وَيَوْمَ الْقِيَامَةِ يُرَدُّونَ إِلَىٰ أَشَدِّ الْعَذَابِ ۗ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ
फेरि पनि तिमीले आफन्तहरूको हत्या गर्यौ र आफूमध्येकै एक समूहमाथि अत्याचार गरी तिनलाई घरबाट निकाला गर्यौ, र दुराचार र पापमा उनीहरूका विरुद्ध अत्याचारीहरूको मद्दत गर्यौ । तथा तिनीहरू तिमीकहाँ यदि बन्दी भएर आउँदा बदलामा धन तिरेर छुटाउछौ अतः तिनलाई घर–निकाला गरेको कुरा तिमीहरूकालागी वर्जित थियो । के तिमी कुनै आदेशमाथि आस्था राखदछौ र केहीलाई नकारदछौ ? तिमीहरूमध्ये जसले यस्तो काम गर्दछन् उनको लागि यस संसारमा अपमान र कयामतको दिन कठोर सजायको भोगाई बहेक अरु के हुन सक्छ । र तिम्रो आचरणसंग अल्लाह बेखबर छैन ।
86أُولَٰئِكَ الَّذِينَ اشْتَرَوُا الْحَيَاةَ الدُّنْيَا بِالْآخِرَةِ ۖ فَلَا يُخَفَّفُ عَنْهُمُ الْعَذَابُ وَلَا هُمْ يُنصَرُونَ
यी ती मानिसहरू नै हुन् । जसले कि परलोकको सट्टा संसारको जीवन किनेका छन् । न तिनको सजायमा कमी हुनेछ र नत तिनलाई मद्दत दिइने छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
84आयत

अनुवाद — अल-बकरा 84

सूरा अल-बकरा आयत 84 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु…

सूरा आयत 84/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 82–86. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers