अर-रूम · 19/60
अनुवाद उच्चारण — अर-रूम
يُخْرِجُ الْحَيَّ مِنَ الْمَيِّتِ وَيُخْرِجُ الْمَيِّتَ مِنَ الْحَيِّ وَيُحْيِي الْأَرْضَ بَعْدَ مَوْتِهَا ۚ وَكَذَٰلِكَ تُخْرَجُونَ ۝١٩
Yukhrijul haiya minal maiyiti wa yukhrijul maiyita minal haiyi wa yuhyil arda ba`da mawtihaa; wa kazaalika tukhrajoon
📖 नेपाली अर्थ
उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।

🎧 सुन्नुहोस्


📜 आयत 17-21 — अर-रूम

17فَسُبْحَانَ اللَّهِ حِينَ تُمْسُونَ وَحِينَ تُصْبِحُونَ
यसर्थ जब साँझ पर्छ र जुन बेला बिहान हुन्छ, तिमीहरू अल्लाहको सतुति (तस्बीह) पढ्नेगर ।
18وَلَهُ الْحَمْدُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَعَشِيًّا وَحِينَ تُظْهِرُونَ
र आकाशहरू र धरतीमा सबै प्रशंसा योग्य उही मात्र छ । अप्रान्हमा पनि र मध्यान्हपछि पनि (उसको पवित्रताको वर्णन गर) ।
19يُخْرِجُ الْحَيَّ مِنَ الْمَيِّتِ وَيُخْرِجُ الْمَيِّتَ مِنَ الْحَيِّ وَيُحْيِي الْأَرْضَ بَعْدَ مَوْتِهَا ۚ وَكَذَٰلِكَ تُخْرَجُونَ
उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।
20وَمِنْ آيَاتِهِ أَنْ خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ إِذَا أَنتُم بَشَرٌ تَنتَشِرُونَ
(र यो) उसको निशानीहरूमध्ये हो कि उसले तिमीलाई माटोबाट सृष्टि गर्यो । अनि अब तिमी मानिस भई ठाउँ ठाउँमा फैलिराखेका छौ ।
21وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجًا لِّتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ
र (यो पनि) उसको निशानीहरूमध्ये हो कि उसले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (स्वास्नीहरू) सृष्टि गर्यो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उसले तिम्रोबीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो, निश्चयनै यसमा धेरै निशानीहरू छन्, उनको लागि जो सोचविचार गर्दछन् ।
अर-रूमकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
19आयत

अनुवाद — अर-रूम 19

सूरा अर-रूम आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको…

सूरा आयत 19/60 — अर-रूम الروم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रूम सुन्नुहोस्, अर-रूम अनुवाद, अर-रूम mp3, अर-रूम pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers