सबा · 22/54
अनुवाद उच्चारण — सबा
قُلِ ادْعُوا الَّذِينَ زَعَمْتُم مِّن دُونِ اللَّهِ ۖ لَا يَمْلِكُونَ مِثْقَالَ ذَرَّةٍ فِي السَّمَاوَاتِ وَلَا فِي الْأَرْضِ وَمَا لَهُمْ فِيهِمَا مِن شِرْكٍ وَمَا لَهُ مِنْهُم مِّن ظَهِيرٍ ۝٢٢
Qulid `ul lazeena za`amtum min doonil laahi laa yamlikoona misqaala zarratin fissamaawaati wa laa fil ardi wa maa lahum feehimaa min shirkinw wa maa lahoo minhum min zaheer
📖 नेपाली अर्थ
भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।
🎧 सुन्नुहोस्

📜 आयत 20-24 — सबा

20وَلَقَدْ صَدَّقَ عَلَيْهِمْ إِبْلِيسُ ظَنَّهُ فَاتَّبَعُوهُ إِلَّا فَرِيقًا مِّنَ الْمُؤْمِنِينَ
र इबलीसले (शैताको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने ।
21وَمَا كَانَ لَهُ عَلَيْهِم مِّن سُلْطَانٍ إِلَّا لِنَعْلَمَ مَن يُؤْمِنُ بِالْآخِرَةِ مِمَّنْ هُوَ مِنْهَا فِي شَكٍّ ۗ وَرَبُّكَ عَلَىٰ كُلِّ شَيْءٍ حَفِيظٌ
यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ ।
22قُلِ ادْعُوا الَّذِينَ زَعَمْتُم مِّن دُونِ اللَّهِ ۖ لَا يَمْلِكُونَ مِثْقَالَ ذَرَّةٍ فِي السَّمَاوَاتِ وَلَا فِي الْأَرْضِ وَمَا لَهُمْ فِيهِمَا مِن شِرْكٍ وَمَا لَهُ مِنْهُم مِّن ظَهِيرٍ
भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।
23وَلَا تَنفَعُ الشَّفَاعَةُ عِندَهُ إِلَّا لِمَنْ أَذِنَ لَهُ ۚ حَتَّىٰ إِذَا فُزِّعَ عَن قُلُوبِهِمْ قَالُوا مَاذَا قَالَ رَبُّكُمْ ۖ قَالُوا الْحَقَّ ۖ وَهُوَ الْعَلِيُّ الْكَبِيرُ
उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।
24۞ قُلْ مَن يَرْزُقُكُم مِّنَ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ قُلِ اللَّهُ ۖ وَإِنَّا أَوْ إِيَّاكُمْ لَعَلَىٰ هُدًى أَوْ فِي ضَلَالٍ مُّبِينٍ
सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।
सबाकुरान अनुक्रमणिका
54आयत
MeccanRevelation
22आयत

अनुवाद — सबा 22

सूरा सबा आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर…

सूरा आयत 22/54 — सबा سبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सबा सुन्नुहोस्, सबा अनुवाद, सबा mp3, सबा pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers