अल-आराफ · 56/206
अनुवाद उच्चारण — अल-आराफ
وَلَا تُفْسِدُوا فِي الْأَرْضِ بَعْدَ إِصْلَاحِهَا وَادْعُوهُ خَوْفًا وَطَمَعًا ۚ إِنَّ رَحْمَتَ اللَّهِ قَرِيبٌ مِّنَ الْمُحْسِنِينَ ۝٥٦
Wa laa tufsidoo fil ardi ba`da islaahihaa wad`oohu khawfanw wa tama`aa; inna rahmatal laahi qareebum minal muhsineen
📖 नेपाली अर्थ
पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दैगर्नु । कुनै शंका छैन कि अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीपमा छ ।
🎧 सुन्नुहोस्

📜 आयत 54-58 — अल-आराफ

54إِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ يُغْشِي اللَّيْلَ النَّهَارَ يَطْلُبُهُ حَثِيثًا وَالشَّمْسَ وَالْقَمَرَ وَالنُّجُومَ مُسَخَّرَاتٍ بِأَمْرِهِ ۗ أَلَا لَهُ الْخَلْقُ وَالْأَمْرُ ۗ تَبَارَكَ اللَّهُ رَبُّ الْعَالَمِينَ
कुनै सन्देह छैन कि, तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई, छ (६) दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो अर्श (सिंहसान) माथि उच्च भयो, उसैले रातीबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातीको पछि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा हुन्छन् । हेर ! सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो । यो अल्लाह सर्वगुण सम्पन्न छ जो सबै ब्रह्माण्डको पालनकर्ता हो ।
55ادْعُوا رَبَّكُمْ تَضَرُّعًا وَخُفْيَةً ۚ إِنَّهُ لَا يُحِبُّ الْمُعْتَدِينَ
(मानिसहरू !) आफ्नो पालनकर्तासंग विनम्र विन्ती गर्नेगर ठूलो स्वरले र एकान्तमा प्रार्थना गर । वास्तवमा अल्लाहले सीमा उल्लंघन गर्नेहरूलाई प्रेम गर्दैन ।
56وَلَا تُفْسِدُوا فِي الْأَرْضِ بَعْدَ إِصْلَاحِهَا وَادْعُوهُ خَوْفًا وَطَمَعًا ۚ إِنَّ رَحْمَتَ اللَّهِ قَرِيبٌ مِّنَ الْمُحْسِنِينَ
पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दैगर्नु । कुनै शंका छैन कि अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीपमा छ ।
57وَهُوَ الَّذِي يُرْسِلُ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ ۖ حَتَّىٰ إِذَا أَقَلَّتْ سَحَابًا ثِقَالًا سُقْنَاهُ لِبَلَدٍ مَّيِّتٍ فَأَنزَلْنَا بِهِ الْمَاءَ فَأَخْرَجْنَا بِهِ مِن كُلِّ الثَّمَرَاتِ ۚ كَذَٰلِكَ نُخْرِجُ الْمَوْتَىٰ لَعَلَّكُمْ تَذَكَّرُونَ
र ऊ नै हो जसले आफ्नो अनुकम्पा (बर्षा) भन्दा अगाडी वायुलाई शुभसूचनाको रूपमा पठाउँदछ । यहाँसम्म कि जब त्यसले ठूला–ठूला बादलहरूलाई उचालेर ल्याउँछ तब हामीले त्यसलाई एउटा कुनै सुख्खा भू–भागतिर पठाइदिन्छौ । त्यसपछि बादलहरूबाट बृष्टि गराउँछौ, अनि त्यस बर्षाको जलबाट थरि–थरिका फल उत्पन्न गर्दछौं । यसै प्रकार हामीले मृतकहरूलाई (जीवित पारी) बाहिर निकाल्ने छौं । आशा छ कि तिमीले सदुपदेश ग्रहण गर्नेछौ ।
58وَالْبَلَدُ الطَّيِّبُ يَخْرُجُ نَبَاتُهُ بِإِذْنِ رَبِّهِ ۖ وَالَّذِي خَبُثَ لَا يَخْرُجُ إِلَّا نَكِدًا ۚ كَذَٰلِكَ نُصَرِّفُ الْآيَاتِ لِقَوْمٍ يَشْكُرُونَ
जुन भूमि उर्बर र राम्रो छ त्यसबाट उम्रने कुरा पनि अल्लाहको आदेशले राम्रो नै हुन्छ, र जुन भूमि नराम्रो छ त्यसबाट जे उम्रन्छ काम नलाग्ने खराब हुन्छ । यसै प्रकार हामीले आफ्नो आयतहरूलाई (तर्कहरू) कृतज्ञहरूको लागि विभिन्न प्रकारले वर्णन गर्दछौं ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
56आयत

अनुवाद — अल-आराफ 56

सूरा अल-आराफ आयत 56 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा…

सूरा आयत 56/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 54–58. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers