अर-राद · 28/43
अनुवाद उच्चारण — अर-राद
الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُم بِذِكْرِ اللَّهِ ۗ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ ۝٢٨
Allazeena aamanoo wa tatma`innu quloobuhum bizikril laah; alaa bizikril laahi tatma`innul quloob
📖 नेपाली अर्थ
जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति हुन्छ । सम्झिराख अल्लाहको चर्चाबाटै आत्मालाई शान्ति प्राप्त हुन्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 26-30 — अर-राद

26اللَّهُ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ ۚ وَفَرِحُوا بِالْحَيَاةِ الدُّنْيَا وَمَا الْحَيَاةُ الدُّنْيَا فِي الْآخِرَةِ إِلَّا مَتَاعٌ
अल्लाहले जसको रोजी चाहन्छ बढाउँछ र जसको चाहन्छ घटाइदिन्छ । यिनी त सांसरिक जीवनमा मस्त भइहाले । अतः दुनियाँ त अन्तिम प्रतिफलको तुलनामा अत्यन्तै तुच्छ छ ।
27وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ ۗ قُلْ إِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ
काफिर भन्दछन्ः कि उनिमाथि उनिको पालनकर्ताबाट कुनै चिन्ह किन उतारिएन ? जवाफ दिनुस्ः कि जसलाई अल्लाह बहकाउन चाहन्छ बहकाइदिन्छ, र जुन मानिस उसतर्फ झुके तिनलाई बाटो देखाइदिन्छ ।
28الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُم بِذِكْرِ اللَّهِ ۗ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ
जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति हुन्छ । सम्झिराख अल्लाहको चर्चाबाटै आत्मालाई शान्ति प्राप्त हुन्छ ।
29الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ طُوبَىٰ لَهُمْ وَحُسْنُ مَآبٍ
जुन मानिसहरूले ईमान ल्याए र जसले असल काम गरे उनको लागि सम्पन्नता छ र अति सुन्दर ठेगाना पनि ।
30كَذَٰلِكَ أَرْسَلْنَاكَ فِي أُمَّةٍ قَدْ خَلَتْ مِن قَبْلِهَا أُمَمٌ لِّتَتْلُوَ عَلَيْهِمُ الَّذِي أَوْحَيْنَا إِلَيْكَ وَهُمْ يَكْفُرُونَ بِالرَّحْمَٰنِ ۚ قُلْ هُوَ رَبِّي لَا إِلَٰهَ إِلَّا هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ مَتَابِ
(हे मुहम्मद) यस्तै मैले तपाईलाई यस समुदायमा पठाएको छु, जसभन्दा अगाडि धेरै समुदायहरू गुज्रिसकेका छन् । तपाईले उनीहरूलाई हाम्रो तर्फबाट जो तपाईंमाथि वह्य उतारिएको छ पढेर सुनाउनुस् । यिनी रहमानका मुन्किर हुन् । तपाई भनिदिनुस् कि मेरो पालनकर्ता त उही हो र उसको सट्टा वास्तवमा कोही पनि उपासना योग्य छैन । उसैमाथि मेरो भरोसा छ, र उसैतर्फ मैले फर्किनु छ ।
अर-रादकुरान अनुक्रमणिका
43आयत
MedinanRevelation
28आयत

अनुवाद — अर-राद 28

सूरा अर-राद आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति…

सूरा आयत 28/43 — अर-राद الرعد (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-राद सुन्नुहोस्, अर-राद अनुवाद, अर-राद mp3, अर-राद pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers